डब्लूएचओको ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाललाई

नेपालको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले विश्व स्वास्थ्य संगठन अन्तरगत दक्षिण पूर्वी एसिया क्षेत्रको पब्लिक हेल्थ च्याम्पियन अवार्ड प्राप्त गरेको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्य सुधारसंगै खोप कभरेज बढाउने, बालबालिकालाई पोषण बढाउनमा अहंम भूमिको खेलेको योगदानास्वरुप उक्त अवार्ड दिइएको हो ।

साथै, नेपालको स्वास्थ्यको पहुँच नपुगेका विपन्न समुदाय तथा दुर्गम स्थानमा समेत पुगेर रोगको प्रकोप तथा महामारी नियन्त्रणका लागि परिवर्तनकारी भूमिका खेलेको भन्दै सम्मान गरेको बताइएको छ ।

‘सामाजिक र भौतिक चुनौतीबीच महिला स्वास्थ्य स्वयंसेवीले निभाएको भूमिका अतुलनीय छ’ विश्व स्वास्थ्य संगठनले भनेको छ ।

उक्त अवार्ड स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई सम्मानकासाथ प्रदान गरिएको छ । मन्त्रालय यस सन्दर्भमा देशभरका सम्पूर्ण महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बधाई व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यकारी प्रमुख डा. क्याथरिना बोहेमले मन्त्री शर्मामार्फत प्रदान गरेको हो ।

Exit mobile version