आपराधिक गिरोह र घुसपैठीले आगजनी एवं लुटपाट गरे – पोखरा इभेन्ट सेन्टर

जेन जी को आन्दोलनका क्रममा राजनीतिक व्यक्तिगत स्वार्थप्रेरित अपराधिक गिरोहको घुसपैठका कारण संरचना र सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको पोखरा इभेन्ट सेन्टरले जनाएको छ ।

भदौ २४ को प्रदर्शनका क्रममा पोखराको बुलौंदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी गरिएको थियो । सामान लुटिएको थियो ।

सेन्टरले आज एक विज्ञप्ति जारी गर्दै आगजनी र लुटपाटबाट करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको र घटनाले लगानीकर्ताको मनोबलमा नकारात्मक असर मात्र नपारी पर्यटन प्रवद्र्धन र भविष्यका योजनाहरूलाई समेत असुरक्षित बनाएको जनाएको छ ।

आन्दोलनका क्रममा निहित स्वार्थ र आपराधिक मनोवृत्ति बोकेका घुसपैठी गिरोहले इभेन्ट सेन्टर सहित निजी प्रतिष्ठानहरूमा आगजनी र तोडफोड गरी ठूलो र अपुरणिय क्षति पु¥याएको घटनाप्रति ध्यानाकर्षण भएका, यसले निजि क्षेत्रका उद्यमी-व्यवसायीको मनोबल गिराएको र राष्ट्रिय/अन्तराष्ट्रिय लगानी कर्तामा गलत सन्देश प्रवाह गरेको ठहरसमेत सेन्टरले गरेको छ ।

पोखरा इभेन्ट सेन्टर आधुनिक संरचनासहित अन्तराष्ट्रिय तथा राष्ट्रिय सभा–सम्मेलन आयोजना गर्नसक्ने पूर्वाधारको रुपमा निर्माण गरिएको, २ हजार जना क्षमताको एउटै हल, एकैपटकमा पाँच हजार जनासम्मलाई सेवा दिन सक्ने क्षमता, आठ वटा बहुउद्देश्यीय हलहरू, स्थायी रुपमा ३५ जना र आंशिक रुपमा सयौंलाई रोजगारी दिदै आएको सेन्टरले जनाएको छ ।

Exit mobile version