जेन जी आन्दोलन अपडेट: मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेन जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । अन्तरिम सरकार प्रमुख शुशिला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृतकको संख्याबारे जानकारी दिएका हुन् । 

आन्दोलनमा मृत्यु हुने ७२ मध्ये प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना छन् । आन्दोलनमा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी गरी १९१ जना घाइते भएका छन् ।

अन्तरिम सरकार प्रमुख कार्कीले पदभार ग्रहण गर्दै मृतकका परिवारलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेकी छिन् । यस्तै घाइतेहरूको निःशुल्क उपचारका लागि उनले निर्देशन दिएकी छिन् । 

भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै भदौ २३ र २४ गते देशव्यापी आन्दोलन भएको थियो । आन्दोलनको पहिलो दिन नै मृत्यु हुनेको संख्या १९ पुगेको थियो ।

Exit mobile version