अब मनलाग्दी गर्नुहोला, मैले पार्टी छाडेः सुमना श्रेष्ठ

रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको बताएकी छिन् ।

श्रेष्ठले भर्खरै फेसबुकमा पार्टी छाडेको उल्लेख गर्दै ‘आइ क्वीट, मैले पार्टी छोडेँ’ लेखेकी छिन् । यसँगै उनले अन्य पार्टीका कार्यकर्तालाई पनि नेतालाई पूज्न बन्द गर्नुहोस् भनेकी छिन् ।

श्रेष्ठको स्टाटसः

कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।

अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । I QUIT. मैले पार्टी छोडेँ ।

कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।

Exit mobile version