जेलबाट भागे टोपबहादुर, भागेनन् मनाङे

जेन-जी आन्दोलनले देशको सुरक्षा संयन्त्र कमजोर भएकाबेला देशका विभिन्न जेल ‘ब्रेक’ भइरहेका छन् ।

मंगलबार साँझदेखि भएको जेलब्रेकबाट करिब ७ हजार ५ सय कैदी भागेका छन् ।

यसैबीच, केन्द्रीय कारागार सुन्धाराबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउप-प्रधान तथा पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन्।

सुन्धाराबाट रायामाझी भागेको खबर आइँरहँदा डिल्लीबजार कारागारबाट पनि केही कैदी भागेका छन् । उनीहरुले गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद राजीव गुरुङ (दिपक मनाङे)लाई भगाउँन खोज्दा उनी मानेनन् ।

मनाङेले आफु सजाय काट्न आएको भन्दै जान नमानेका हुन् ।

Exit mobile version