कास्की र उच्चले भन्यो –’मिसिल खरानी भए, पेशी मुद्दा सबै स्थगित’

कास्कीको उच्च र जिल्ला अदालतले हस्तलिखित सूचना जारी गर्दै पेशीमा चढेका मुद्दाका सुनुवाइ स्थगित भएको जनाएको छ ।

जिल्लाका दुबै अदालतले जेनजीको आन्दोलनबाट भएको तोडफोड र आगजानीले अदालत र त्यहाँभित्रका सबै सामग्री जलेर नष्ट भएको बताएको छ ।

आगलागीले मुद्दाका सबै मिसिल जलेको भन्दै दुबै तहका अदालतले मिसिल, प्रिन्टर, कम्प्यटरलगायत सबै भौतिक सामग्री नष्ट भएको उल्लेख गरेको छ ।

अदालते आज तोकिएका मुद्दा पेशी र भोलीदेखि पेशी सूचमिा चढेका सम्पूर्ण मुद्दा अर्काे सूचना नआएसम्म स्थगित गरेको हो ।

‘यस विषम परिस्थितिबाट सिर्जित असुविधाप्रति अदालत दुख व्यक्त गर्दछ’ दुबै अदालतले भनेका छन् ।

Exit mobile version