पोखरामा शो रुमको भग्नावशेषमा भेटियो महिलाको शव

पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एसोसियसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

हिजो आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

जलेपछिको भग्नावशेषमा महिलाको शव फेला परेको हो । स्थानीयसँगका कुराकानीमा उक्त शव महिलाको भएको र शरिरको ढाडतर्फको थोरै भागमात्र पहिचान गर्न सकिने अवस्थामा रहेको थियो ।

आगो लागेपछिको धुँवाले उनी निस्सासिएर त्यही बेहोश भई ढलेपछि शरीर जलेर मृत्यु भएको अनुमान छ ।

शवसँगै रहेको मोबाइल र घडिको आधारमा शव महिलाको भएको उनीहरुको भनाई छ ।

उक्त शव शो रुममै कार्यरत महिला कर्मचारीको भएको अनुमान गरिएको छ ।

Exit mobile version