अझै जलिरहेछ पोखराको भाटभटेनी

मंगलबार अपरान्ह पोखराको न्यूरोडस्थित भाभटेनी सुपरमार्केटमा लुटपाटपछि लगाइएको आगो अझै दन्किरहेको छ ।

सम्बन्धित निकायले आगो निभाउन दमकल नपठाएका कारण भाटभटेनी पूर्णरुपमा क्षति भएको आंकलन गरिएको छ ।

आज पनि भाटभटेनी जलिरहेको हेर्न आउनेको भीड थामिएको छैन भने यस स्थानमा सुरक्षाकर्मीको पनि उपस्थिति छैन ।

स्थानीयहरु भाटभटेनीमा लागेको आगो हेर्न आउँदा न्यूरोड क्षेत्रमा अत्यधिक भीड लागेको छ ।

धुवाँको बाक्लो मुस्लो भाटभटेनीको भवनभित्रबाट आइरहेकाले न्यूरोड र आसपासको क्षेत्र अँध्यारो भएको देख्न सकिन्छ ।

उक्त क्षेत्रमा मंगलबार आन्दोलनमा देखिएका जेन-जीका समूहले रमितेलाई भीड नगरिदिन र घर फर्कन आग्रह गरिरहेका छन् ।

Exit mobile version