काठमाडौं । नेपाल र नेपालीको सुरक्षाका लागि भन्दै नेपाली सेना सडकमा निस्किएको छ । मंगलबार राति १० बजेदेखि सेना सडकमा आएको हो । सेनाले एक सूचना जारी गर्दै नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्ने स्पष्ट पारेको थियो ।
हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ,’ नेपाली सेनाले जारी गरेको सूचनामा छ ।
