जेनजी आन्दोलन उग्र बन्दै, कर्फ्यू काठमाडौ पछि बुटवल–भैरहवामा पनि

जेनजी आन्दोलन उग्र बन्दै जाँदा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल–भैरहवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेका अनुसार बुटवलदेखि भैरहवा क्षेत्रसम्म कर्फ्यू लागू गरिएको हो।

बुटवल क्षेत्रमा धागो कारखाना पुलदेखि बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलापुरसम्म कर्फ्यु आदेश जारी गरिएको छ। यस्तै भैरहवामा रोहिणी खोलादेखि बेथरीसम्म, उत्तरमा बुद्धचोकदेखि दक्षिणमा मेउडीहवासम्म कर्फ्यू लागू गरिएको प्रशासनले जनाएको छ। त्यसैगरी बुटवल–बेलहिया सडक खण्डको दायाँ–बायाँ १०० मिटर क्षेत्रभित्र पनि कर्फ्यु आदेश लागू गरिएको छ। प्रशासनले अवस्था सामान्य नहुँदासम्म आदेश कडाइका साथ लागू हुने चेतावनी दिएको छ।

Exit mobile version