दशरथ रंगशालामा आज नेपाल–बंगलादेश मैत्रीपूर्ण फुटबल

नेपाल र बंगलादेशबीच आज काठमाण्डौंको दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। 

बेलुका साढे ५ बजे हुने खेल इन्टरनेशनल विन्डोअन्तर्गत आयोजना गरिएको हो । नेपालले यसलाई आगामी एएफसी एसियन कप–२०२७ छनोटको तयारीको रूपमा लिएको छ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन्। यसमा नेपालले १३ खेल जितेको छ भने बंगलादेशले ८ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका थिए।

दोस्रो मैत्रीपूर्ण खेल भदौ २४ गते हुनेछ। दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।

Exit mobile version