अमेरिकाले अवैधरूपमा बसोबास गर्दै आएका ३७ जना नेपालीलाई बुधबार चार्टर विमानमार्फत आज काठमाडौं उतार्ने भएको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ‘एन८२८एएक्स’ उडानमार्फत उनीहरूलाई स्वदेश फर्काउने तयारी भएको हो।
डोनाल्ड ट्रम्प दोस्रो कार्यकालमा सत्तामा आएपछि दुई सयभन्दा बढी नेपालीलाई निष्कासनको प्रक्रियामा परिएको छ। विभागले विवरण सार्वजनिक नगरे पनि फर्काइने नेपाली विभिन्न २८ जिल्लाका रहेका छन्।
ट्रम्प प्रशासनले कागजविहीन आप्रवासीलाई स्वदेश फर्किन अनुरोध गरे पनि मान्न नसक्नेहरूलाई जबर्जस्ती डिपोर्ट गर्दै आएको छ।
निष्काशित हुनेहरूमा दुईजना बस्नेत, तीनजना भण्डारी, विश्वकर्मा, बोहरा, बुढाथोकी, छिनाल, डाँगी, कुँवर,खत्री र शाह थर भएका एक-एकजना छन्। यसैगरी दुईजना चौधरी,दुईजना कँडेल,दुईजना खड्का,छ जना केसी र तीनजना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन्।
अन्यमा आचार्य, पुन, विके,गौतम, शेर्पा, सिंह, सुवेदी, तामाङ र ठाडा थरका रहेका छन् ।