रविन्द्र ढाटलाई पोखरामा सम्मान

पोखरा । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन रविन्द्र ढाटलाई शाक यान्त मुआथाईले पोखरामा सम्मान गरेको छ ।

भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै ऐतिहासिक जित निकालेका उनी पहिलो नेपाली एमएफएन च्याम्पियन हुन् । 

उनलाइ गण्डकी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व मुख्यमन्त्री खगराज अधिकारीले सम्मान गरे । सम्मान गर्दै अधिकारीले खेलको माध्यमबाट नेपालको नाम उच्च बनाएको धन्यवाद व्यक्त गरे । उनले गण्डकी प्रदेश खेल पर्यटनको समेत राजधानि भएकाले प्रदेश सरकारले यसतर्फ ध्यान दिएको सुनाए । 

सम्मानित हुँदै ढाटले आफु एमएफाइटमा जाँदा त्यसबारेमा केहि पनि थाहा नभएको बताए । शाक यान्त मुआथाईमा प्रशिक्षण लिइरहेका खेलाडीलाई हौसल प्रदान गर्दै उनले अहिले मुआथाईका लागि प्रशिक्षण लिइरहेको र कडा मिहेनत गर्न अनुरोध गरे । 

‘तपाईँहरु यहाँ प्रशिक्षण लिइरहनु भएको छ । तपाइहरुलाई फाइटको बारेमा राम्ररी थाहा छ तर, मलाई केहि थाहा थिएन’ उनले भने, ‘मिहेनत गर्नुस् । फल अवस्य मिल्छ ।’ 

शाक यान्तका सञ्चालक तथा मुआथाई प्रशिक्षक खगेन्द्र क्षेत्रीले ढाटलाई ठूलो सम्मान गर्न नसकेपनि खेलाडीहरुमा हौसला दिने काम भएको सुनाए । 

मंगलबार ढाटसहित त्यहाँ प्रशिक्षणमा रहेका अन्य खेलाडीलाई समेत फाइटको बारेमा सिकाएका थिए । उनले ढाटको फाइट गर्ने तरिका, प्रदर्शनी र मिहेनतको बारेमा खेलाडीलाई जानकारी दिनका लागि उनीबाट केहि सिकाएको बताए । 

Exit mobile version