तीन कम्युनिष्ट नेताको तस्बिरमा ट्रम्पको प्रतिक्रिया- ‘अमेरिकाविरुद्ध षडयन्त्र गर्दैछन्’

चीनले दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको ८० औं वार्षिकोत्सव मनाउन विजय दिवस परेडको आयोजना गरिरहेको बेला, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यसमाथि कडा प्रतिक्रिया जनाएका छन्।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकाले चीनको स्वतन्त्रता सुरक्षित गर्न दिएको समर्थन र बलिदानको स्मरण गर्न चुनौती दिएका छन्।

ट्रम्पले लेखेका छन्, ‘सबैभन्दा ठूलो प्रश्न यो हो कि चिनियाँ राष्ट्रपति सीले आफ्नो स्वतन्त्रता सुरक्षित गर्न संयुक्त राज्य अमेरिकाले चीनलाई कति समर्थन र ‘रगत’ दियो भनेर उल्लेख गर्नेछन् कि गर्दैनन्। चीनको विजयका लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिए। मलाई आशा छ कि उनीहरूलाई उनीहरूको बहादुरी र बलिदानको लागि उचित रूपमा सम्मान र सम्झना गरिनेछ!’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि निशाना बनाएका छन्। ट्रम्पले यी दुई नेता आफ्नो देश (अमेरिका) विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

‘कृपया भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो न्यानो अभिवादन पठाउनुहोस्। उनीहरू दुवै संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्,’ ट्रम्पले थपेका छन्।

यस विजय दिवस परेडमा पुटिन र किम लगायत विश्वभरका धेरै नेताहरूले भाग लिइरहेका छन्।

Exit mobile version