एरा इन्टरनेशनलमा आइसीयूसहितको एम्बुलेन्स

काठमाण्डौंको सोह्रखुट्टेस्थित एरा इन्टरनेशनल हस्पिटलसँग नेपालकै अत्याधुनिक आईसीयुसहितको एम्बुलेन्स छ।

गम्भीर बिरामीहरूको जीवनरक्षाका लागि आईसीयुमा जतिकै आवश्यक पर्ने स्वास्थ्य सुविधाहरू एम्बुलेन्समा उपलब्ध छन्। कोरियन प्रविधिको उक्त एम्बुलेन्स नेपालकै पहिलो भएको अस्पतालकी पारामेडिक्स तीर्था तामाङले जानकारी दिइन्।

‘एम्बुलेन्समा पोर्टेबल आईसीयुजस्तै सबै सेवासुविधाहरू छन्,’ उनले भनिन्, ‘कार्डियाक मोनिटर, पोर्टेबल भेन्टिलेटर, अक्सिजनलगायतका सबै सुविधाहरू छन्।’

आकस्मिक रूपमा बिरामीलाई बचाउन आवश्यक सबै उपचार एम्बुलेन्समै उपलब्ध गराउन सकिने उनले जानकारी दिइन्।

अस्पतालका मेडिकल निर्देशक डा. सुरक्षा बाँस्कोटाले एम्बुलेन्स भित्रको सेवा, सुविधा देखाउँदै नेपालकै सुसज्जित एम्बुलेन्स भएको बताइन्।

‘यो नेपालको मात्रै होइन विश्वकै सुसज्जित एम्बुलेन्समा पर्छ,’ उनले भनिन्, ‘यसमा आईसीयु, भेन्टिलेटर, अक्सिजनलगायतका सबै सुविधाहरू छन्।’

Exit mobile version