फेवातालको ताल घर क्षेत्रमा सीमा स्तम्भ गाड्ने काम बुधबार सकिएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा सीमा गाडिएको हो ।
फेवातालको चार किल्लामा कुल १ हजार ५५ वटा डिजिटल पिल्लर र ६ सय ११ वटा कंक्रिटको स्तम्भ गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।
महानगर प्रमुख धनराज आचार्यले फेवाताल संरक्षणको कार्य ऐतिहासिक उपलब्धि रहेको बताए । ‘प्रत्यक्ष वा अप्रत्यक्षरूपमा साथ दिने सबै सरकारी तथा गैरसरकारी पक्षप्रति आभार व्यक्त गर्दछु,” उनले भने ।
करीब ४५ दिनको अवधिमा प्राविधिक, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न निकायको समन्वयमा सिमाङ्कन तथा स्तम्भ गाडिएको हो।