अघिल्लो वर्ष चैतको २९ गते पोखरामा सुनको सिक्री लुट्ने २ जनालाई काठमाण्डौंको गोकर्णेश्वरबाट कास्की प्रहरीले पक्राउ गरेको छ ।
अमरसिंहचोकबाट लेखनाथ जाँदै गरेका बसमा सवार एक महिलाले लगाइरहेको २ तोलाको सिक्री काभ्रे स्थायी ठेगाना भएका अन्जन र सुरेश तामाङले लुटी फरार भएका थिए ।
तामाङद्वयलाई जिल्ला प्रहरी परिसर भद्रकालीको सहयोगमा बुधकार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरुलाई कास्की अदालतबाट ६ दिनको समय थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले बताएको छ ।
सुन लुट्ने योजनाअनुरुप उनीहरु महिला चढेको बसमा सवार भएका थिए ।