आज देशैभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, चिकित्सकद्वारा सुरक्षाको माग

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरूमा आकस्मिकबाहेक सेवा बन्द छ।

उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको तथा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गर्ने कार्य भएको भन्दै नेपाल चिकित्सक संघले सोमबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका हुन्।

नेपाल चिकित्सक संघले असार २० गतेदेखि नै आन्दोलन अघि बढाएको थियो। संघका महासचिव डा. सञ्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा ‘देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने’ उल्लेख छ।

Exit mobile version