जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हतकडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।
आइतबार बयानका लागि अदालत लगिएका पश्चिम रूकुमका २१ वर्षीय निराजंग ठकुरी भन्ने दशरथ शाही फरार भएको परिसरले जनाएको छ ।
उनलाई प्रहरीले जेठ ३० गते चोरी आरोपमा पक्राउ गरेको थियो।
चोरी मुद्दाका अनुसन्धान सकेर प्रहरीले बयानका लागि अदालत लगेको थियो। बयान सकिएपछि उनी शौचालय जाने बहानामा फरार भएका हुन् ।
Post Views: 63