१ किलो चरेस र नगदसहित समातिए बच्चु

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलीले चरेस र नगदसहित बच्चुकुमार बुढाथोकीलाई पक्राउ गरेको छ ।

प्रनानि बब्बी बम्जनको टोलीले बुढाथोकीलाई ९ सय ३३ ग्राम चरेस र नगद १ लाख २३ हजार २४७ रुपैयाँसहित पक्राउ गरेको जिप्रका बाराले जनाएको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बसमा सहचालकको छेउमा बसेका बुढाथोकीको झोलाबाट उक्त सामग्री बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।

पर्साको वीरगञ् १६ निवासी ५६ वर्षीय बुढाथोकीलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

Exit mobile version