प्रेसमाथि मानमर्दन गर्ने मुख्यमन्त्रीको भनाईप्रति सेन्टरको आपत्ति

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारिता पेशाको मानमर्दन हुने गरी दिएको आक्षेपयुक्त र चेतावनी शैलीको अभिव्यक्तिप्रति प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अभिव्यक्तिलाई आपत्तीजनक भनेको छ ।

प्रेस सेन्टर गण्डकीका महासचिव गुणबहादुर रोकाले आज एक विज्ञप्ति जारी गर्दै सूचनाको हकको लागि राष्ट्रिय महासंघले यही असार १० गते पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्रीले दिएको अभिव्यक्ति सच्चाउन समेत अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा मुख्यमन्त्री पाण्डेले ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसंग गुम्न सक्छ । पत्रकारहरु पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईहरुको कलम भाचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ । एउटा बाटोको योजना माग्न आउनु भएको एकजना पत्रकार साथी । योजना पाउनु भएन । पाइएन एउटा योजना भन्दैमा सारा बजेट खत्तम छ, सबै मुख्यमन्त्रीले खायो भनेर मैले घर बनाउन लगे जसरी न्यूज आइरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

Exit mobile version