आफै ‘भान्से’ भएपछि गोरखाको बजेट १ अर्ब ५९ करोड, मुस्ताङको १९ करोड !

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सार्वजनिक बजेट असमान भएको भन्दै सत्तापक्षकै सांसदहरुसमेत विरोधमा छन् ।

निरन्तर विरोधकाबीच नेकपा माओवादी केन्द्रका सांसद रेशम जुग्जालीले हिजो रोष्ट्रममै बजेट पुस्तिका च्यातेर विरोध गरिसकेका छन् ।

यसैबीच, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको गृहजिल्ला गोरखामा एक अर्ब ५९ करोड ७६ लाख ६ हजार रुपैयाँ छुट्याइएको छ ।

उक्त बजेटमा उल्लेख भए अनुसार एउटा सडकको भागमामात्रै १९ करोड ८२ लाख रुपैया परेको छ । यता, मुस्ताङको कूल बजेट भने १९ करोड ४१ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

बजेटको असमानतालाई हेर्दा ‘भान्सेलाई भाग’ भने झैं देखिएको छ । त्यस्तै, सत्ता साझेदार दल नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीको जिल्ला कास्कीमा एक अर्ब ८४ करोड २२ लाख १८ हजार रुपैयाँ छुट्याइएको छ ।

यसअर्थमा मुस्ताङको तुलनामा मुख्यमन्त्रीको जिल्ला गोरखाले झण्डै ८ गूणा बढी बजेट लगेको छ ।

Exit mobile version