पोखरा । रेवानले आफ्नो मातहातका रेस्टुरेन्टमा कार्यरत कर्मचारी लक्षित आयोजना गरेको तीनवटा तालिममा ६५ जनाले सहभागिता जनाएका छ्न ।
उक्त तालिममा बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजनाको सहयोगमा कार्यक्रम भएको हो ।
तालिमका सहभागीहरुलाई समापन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीवबहादुर कोइराला, नेपाल पर्यटन बोर्ड गण्डकीका लेखा प्रमुख सागर श्रेष्ठ, इन्स्योरेन्स परियोजना गण्डकी प्रदेश प्रमुख सुशील लिङखा, परियोजनाकै प्राविधिक संयोजक प्रतिमा गुरुङ, कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अपरेसन म्यानेजर निश्चल देवकोटा, कलेजका कलिनरी हेड सुगम तामाङ, बारिष्टा हेड संजय गुरुङ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अतिथिहरुले तालिममा आर्जन गरेको ज्ञानलाई व्यवहारमा लागू गर्न सके तालिम लिएको औचित्यता पूरा हुनेमा जोड दिदै पर्यटकीय राजधानी सहर पोखरामा दक्ष जनशक्तिको खाँचो रहेको बताए ।
तालिमले रेस्टुरेन्टमा आबद्ध कर्मचारीहरूको सिपमा थप निखारता ल्याएको भन्दै उनीहरूले आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।
विश्वराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष बसन्त गौतमले कार्यक्रम सञ्चालन महासचिव वीरेन्द्र शेरचनले गरेका थिए ।