दिपक के श्रेष्ठ: बुधबार दिउँसो पोखराको पुम्दीमा भएको बस दुर्घटनामा परेकामध्ये २ भारतीय पर्यटकको अवस्था गम्भीर छ भने बाँकीको अवस्था सामान्य छ ।
दुर्घटनामा परेको बसमा २८ जना भारतीय पर्यटक थिए ।
तीमध्ये एक जना चरक अस्पताल र बाँकी गण्डकी मेडिकल कलेजमा ल्याइएको छ।
२ जनाबाहेक अरूको अवस्था सामान्य रहेको मेडिकल कलेजमै पुगेका कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
दुर्घटनामा ६५ वर्षीया रेखा साहु र ६१ का मेलाराम साहु गम्भीर रहेका छने। बाँकीको अवस्था सामान्य रहेकाले होटलमा पठाउने तयारी भइरहेको छ।
भारतको छत्तिसगढबाट ४९ जना मंगलबार राति पोखरा भ्रमणका लागि आइपुगेका थिए ।
उनीहरू बुधबार बिहान २ वटा बस रिजर्भ गरि पोखरा २२ पुम्दीभुम्दीस्थित महादेशको मूर्ती दर्शन गर्न पुगेका थिए।
फर्कदा बस दुर्घटनामा परेको बसमा सवार प्रदीप बर्णवालले जानकारी दिए ।
२ बसमध्ये अघिल्लो बस छोरेपाटनको केही माथि घुम्तीमा पुगेर खसेको बताए।