भारतको पहलगाममा ‘हिन्दू’ भनेपछि बुटवलका सुदिपको हत्या

नयाँलिपिः भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ निवासी हुन् ।

गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै सुदिप कश्मिर गएका थिए ।

मिनी स्विट्जरल्यान्ड भनेर चिनिने सो क्षेत्र पुगेका उनीमाथि धर्म सोध्दै बन्दूकधारीहरूको समूहले गोली प्रहार गरेका थिए, जसमा सुदिपसहित अन्य २६ जनाले पनि ज्यान गुमाउन पुगे।

धर्म सोधेपछि ‘हिन्दू’ भएको जवाफमा उनीमाथि गोली प्रहार गरेको बताइएको छ ।

– एजेन्सीको सहयोगमा

Exit mobile version