काठमाडौ । काठमाडौ महानगरपालिकाले राप्रपालाई १ लाख जरिवना गरेको छ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहोर गरेको, संरचनामा क्षति पुर्याएको भन्दै राप्रपालाई १ लाख रुपैयाँ जरिवाना गरेको हो।
राप्रपाको अगुवाइमा पूर्वराजाको स्वागतका लागि एयरपोर्ट, तिलगंगा, गौशाला लगायतका स्थानहरूमा झण्डा, ब्यानर र पोस्टर टाँसिएको थियो। तर, कार्यक्रम सकिएपछि ती सामग्री व्यवस्थापन नगरिएको भन्दै महानगरले कारबाही अघि बढाएको हो।