इन्सपेक्टर तालिमकाक्रममा सन्तोषीको मृत्यु ‘शंकास्पद’, सशस्त्र र प्रहरीद्वारा छानबीन सुरु

नयाँलिपिः पोखरास्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा सन्तोषी महत मृत अवस्थामा भेटिएकी छिन् ।

उनको मृत्युलाई आफन्तजनले ‘शंकास्पद’ भन्दै अर्का इन्सपेक्टर (प्रहरी निरीक्षक)विरुद्ध आत्महत्या दुरुत्साहनमा कास्की प्रहरीमा उजुरी गरेका छन् ।

इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी महत लामापाटन ब्यारेकमा मृत भेटिएकी थिइन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् ।

घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय, कास्कीले पनि जाहेरीपश्चात् घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार आत्महत्य दुरुत्साहनमा जाहेरी परेका प्रहरीसँग उनको प्रेम सम्बन्ध रहेको थियो ।

Exit mobile version