वालिङ्मा मगर समुदायलाई सम्मान, १५ गते बिदा

नयाँलिपिः वालिङ नगरपालिका क्षेत्रभित्र ४३औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको छ।

नगरपालिकाको निर्णयअनुसार आगामी फागुन १५ गते, बिहिबार वालिङ क्षेत्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन्।

नगर प्रवक्ता पदमराज गुरुङका अनुसार मगर एकता दिवसको अवसरलाई मध्यनजर गर्दै नगरपालिकाले उक्त निर्णय गरेको हो।

Exit mobile version