दिपक के श्रेष्ठ: गण्डकी प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पौडेलले वर्तमान राजनीतिको घटनाक्रममाथि टिप्पणी गर्दै फेसबुकमा भएको फलोअर्सबाट नेता जन्मने पद्दति सुरु भएको कटाक्ष गरेका छन्
राजनीतिमा त्याग र सेवाको मुल्यांकन हुनुपर्ने भएपनि सामाजिक सञ्जालले नेता जन्माउने र हिरो बनाउने गरेकोप्रति उनले वर्तमानमा राजनीतिमाथि नै वितृष्णा जगाउनले खेल भइरहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले आज पोखरामा ‘नेपालका निधि’ नामक पुस्तकको लोकार्पण समारोहमा बोल्दै मुख्यमन्त्री पौडेलले विषम अवस्थामा पनि राजनीतिलाई देश र जनताको हितमा सदैव लाग्ने निधिहरुलाई भुल्दै गएकोमा असन्तुष्टी व्यक्त गरे ।
लोकार्पित कृति नेपालका निधिमा नेपाली कांग्रेसका दिवंगत निधि महेन्द्रनारायण निधिको राजनीतिक जीवनी समेटिएको छ । उक्त पुस्तकका निधि मधेशी मुलका राजनीतिक सिपाही भएको चर्चा गर्दै पाण्डेले उनको राजनीतिक आदर्श र मुल्य मान्यतालाई आत्मसाथ गर्न नसकिएको बताए ।
‘आचार संहिता र विधानमा आधारित भएर उहाँ राजनीतिलाई अघि बढाउनु हुन्थ्यो’ मुख्यमन्त्री पौडेलले भने ‘अहिलेको पुस्ता फेसबुक र ट्विटरबाट नेता बन्ने गरेका छन् ।’

रुपान्तरण प्रकाशनले बजारमा ल्याएको पुस्तकका लेखक वरिष्ठ पत्रकार किशोर नेपाल हुन् । लोकार्पणमा प्रकाशक रुचि श्रेष्ठले राजनीतिक श्रष्टाकारुपमा निधिबारे वर्तमान पुस्ताले जान्न जरुरी रहेको बताइन् ।
उक्त अवसरमा लेखक नेपाल, नेपाली कांग्रेसका गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, नेकपा माकेका कास्की संयोजक विश्वप्रकाश लामिछानेलगायतले निधिबारे चर्चा गरेका थिए ।