अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपाल र म्यान्माबीच अन्तिम खेल

नयाँलिपिः अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमारले लिग चरणको अन्तिम खेल आज खेल्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल सुरू हुनेछ ।

अन्तिम खेल अघि नै नेपाल र म्यानमार दुबै टोली फाइनलमा प्रवेश गरिसकेका छन् ।

आजको खेललाई दुबै टोलीले कमजोरी सुधार्ने मौकाको रुपमा लिएका छन् ।

आज म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै नेपालले फाइनल खेल्ने छ ।

Exit mobile version