नयाँलिपिः पोखराको सहारा एकेडेमीका ६ खेलाडी ललितपुरको ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् ।
एकेडेमी र ब्वाइजबीच आज औपचारिक कार्यक्रममार्फत खेलाडी अनुबन्धित भएका हुन् ।
ब्वाइजमा अनुबन्धित ६ खेलाडी एकेडेमीका तेस्रो ब्याच हुन् ।
यस अवसरमा आगामी दिनमा थप खेलाडी उत्पादन गर्न सहयोग हेतु ब्वाइजले एकेडेमीलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।
अनुबन्धित खेलाडीहरुले काठमाण्डौंमा आगामी फागुन २५ गतेदेखि सुरु हुने शहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्नेछन् ।
खेलाडीहरुलाई ब्वाइजले क्लबको नियमानुसनर सेवा, सुविधा र पारिश्रमिक उपलब्ध गराउनेछ ।
एकेडेमीका अनुसार अनुबन्धित खेलाडीमा विशाल नेपाली, मुकुन्द न्युरे, भागवत चौधरी, अभिषेक राना, अशोक रेग्मी, सन्तोष शाही रहेका छन् ।
जसमध्ये विशाल नेपाली हाल क्लोज क्याम्पमा रहेका छन् ।