एल.जि.युकेद्धारा सहारा एकेडेमीलाई सहयोग

पोखरा ।लालीगुराँस एशोसियसन (एल.जि.) युकेद्धारा सहारा एकेडेमीलाई सहयोग प्रदान गरेको छ । एलजीले सहयोग स्वरुप एकेडेमीका बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो ।
एल.जि. एशोसियशन नेपालका संस्थापक एवम् एल.जि. फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा)को पहलमा युकेमा आयोजित एल.जि. फेष्टमा संकलित रकमबाट सामाजिक कार्य अन्तर्गत एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीमा रहेका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो ।

सो अवसरमा वोल्दै एल.जि. एशोसियशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङले एल.जि. एशोसियसनले एलजी फेष्टको आयोजना गरि सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा हालै युकेमा सम्पन्न एलजी फेष्टमा संकलित रकमबाट पोखराको सहारा एकेडेमी रहेको बालकहरुलाई ट्रयाक सुट वितरण गरिएको बताए ।

त्यस्तै एलजि एशोसियसनका वरिष्ठ सल्लाहकार सुनिल गुरुङ सहारा क्लवका अध्यक्ष केशवराज बराल, एल.जि. एशोसियशन पोखराका संस्थापक राजेन्द्र गुरुङ (कान्छा),सहारा क्लबका अध्यक्ष केशव बराल लगायतले एशोसियशन परिवारलाई धन्यवाद दिएका थिए ।

सो अवसरमा एलजि एशोसियसनका सल्लहाकार चन्द्रमान गुरुङ, सन्तोष कार्की र सदस्य नसिव गुरुङ, संगम क्लब पोखराका पूर्व अध्यक्ष राजु गुरुङको उपस्थिति रहेको थियो भने क्लबको तर्फबाट अध्यक्ष,वरिष्ठ उपाध्यक्ष ,पूर्व अध्यक्ष,कार्य समिति सदस्य , एकेडेमी व्यवस्थापन समिति समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version