पोखरा । पोखरा रंगशालामा भोलिबाट सुरु हुने २४ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहाराले ३ विदेशी खेलाडीलाई हतियारको रुपमा मैदान उर्तादै छ ।
उद्धघाटन खेलमा नेपालकै उत्कृष्ट टीम नेपाल पुलिस क्लब संग भिड्ने तयारी गरेको आयोजक सहारा क्लबले मंहगो रकम खर्चेर विदेशी खेलाडी टीममा भित्राएको छ ।
प्रतियोगिताको लागि नेपाल आएका ३ जना विदेशी खेलाडीको खर्च नेपाली खेलाडीको भन्दा धेरै नै बढि रहेको प्रतियोगिता संयोजक पूर्ण गुरुङले बताए ।
आयोजक सहाराको टीममा विदेशी खेलाडी आरनोल्ड,मेहिओ र विलियम सेसेगनोन रहेका छन ।
आरनोल्ड क्यामरुनी हुन । अन्य दुईजना भने आईभेरिकोष्टका हुन । सेसेगनुन मिडफिल्डर हुन । एडोनिस डिफेन्डर हुन । उनीहरु दुवैजना साम्टेस क्लबबाट व्यवसायीक फुटबल खेल्छन । नेपालमा नै पहिलो पटक खेल्न आएका उनीहरु मध्य विलियम भुटानी लिग खेलेका खेलाडी हुन ।
सहारा एकेडेमीका ६ जना टीममा
अभिषेक राना मगर,सन्तोष शाही,विशाल नेपाली,मुकुन्द कुमार न्युरे, भागवात चौधरी र शुसिल लामा सहारा एकेडेमीका उत्पादन हुन । शुसिल लामा यु–१९ का राष्ट्रिय खेलाडी हुन ।
हेमन्त तमाङ,संगम ठकुरी,सरोज गुरुङ,रोशन छनत्याल,आकाश थपलिया,अंकित गुरुङ,आशिष गुरुङ यस पटक आयोजकको टीमबाट खेल्दैछन । यो वर्ष बि डिभिजन खेलेका उनीहरु सबै पोखरेली खेलाडी हुन ।
विशन गुरुङ,राजकुमार कुँवर,अशोक रेग्मी सन्तोष महत,शान्ता बहादुर गु्रुङ समेत टीममा रहेका छन । बिरगंज एनएसएल खेलेका विशन मनाङ मस्र्यादी क्लबका व्यवसायीक खेलाडी हुन । राजकुमार हिमालयन शेर्पाका खेलाडी हुन ।
यो वर्ष बि डिभिजन खेलेका अशोक,एनआरटीका सन्तोष महत समेत आयोजकको टीममा रहेका छन । भुटानी लिग खेलेका सन्तोष २३ औ आहा रारा गोल्डकपमा चर्च ब्वाईजबाट खेलेका थिए ।
अनाथ बालबालिकाको खर्च जुटाउन हरेक वर्ष आयोजना गर्दे आएको सहारा क्लबले २३ औं आहा रारा गोल्ड कप प्रतियोगितामा १६ लाख घाटामा ब्यहोरेको थियो । यो वर्ष उक्त रकम पूर्ति हुने आयोजकले अनुमान गरेको छ । पोखरा रंगशालामा भोलि उद्धघाटन खेल आयोजक र नेपाल पुलिस बिच दिनको २ बजे हुनेछ ।