नयाँलिपिः प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा ९मासिक रु ४८ हजार ७००० कायम गर्नुपर्ने निर्णय भएको हो ।
अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।
आवासीय चिकित्सकहरु यही माग राखेर १ हप्तादेखि देशैभर आन्दोलित थिए । पोखरामा पनि गण्डकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्सेजका चिकित्सकहरुले बुधकार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका थिए ।