पौने ५ करोडमा वडा २७ को भवन, मेयर आचार्यले गरे उद्घाटन

नयाँलिपिः पोखरा महानगरपालिकाअन्तरगत वडा नं २७ ले सुविधासम्पन्न कार्यालय भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

भवनको आज पोखरा महानगरका मेयर धनराज आचार्यले औपचारिक उद्घाटन गरेका छन् । उक्त अवसरमा मेयर आचायैले सेवाग्राहीहरूलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्न नयाँ पूर्वाधार आवश्यक रहेको बताए ।

वडावासीहरूलाई सहज सेवा प्रदान गर्न महानगरपालिकाले ४ करोड ४७ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।

वडाध्यक्ष पूर्णकुमार गुरुङले छिटो छरितो सेवा प्रवाह गर्न भौतिक पुर्वाधारले पनि सहज बताउने प्रतिक्रिया दिए ।

वडाध्यक्ष गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, दलका नेतालगायत अन्य वडाध्यक्षहरुकाे सहभागिता थियो ।

Exit mobile version