नयाँलिपिः गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
आज मन्त्रीपरिषद्को बिहान बसेको बैठकले निर्णय गरेपछि कार्यालयले सूचना जारी गर्दै प्रदेशभर बिदा दिने निर्णय गरेको छ ।
यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।