नयाँलिपिः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डारी रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।
मदनले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।