एनसिडीए स्याङजाको चौथो साधारण सभा सम्पन्न

स्याङजा । नेपाल औषधि व्यवसायी संघ स्याङजाको चौथो साधारण सभा बिहिबार स्याङजामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि औषधी व्यवसायी संघका केन्द्रिय थोक तर्फको उपाध्यक्ष टंक प्रसाद अधिकारीले आवश्यकता र मागअनुसार नीति निर्माण गर्न आवश्यक भएको बताए ।

नेपालको स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रकोे ठुलो योगदान रहेको बताउँदै सरकारले निजि क्षेत्रको लगानीकर्ताको मर्म र भावनालाई बुझेर अघि बढ्नु पर्ने कुरामा अधिकारीले जोड दिएका थिए ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय खुद्रा तर्फको उपाध्यक्ष यमनाथ पौडेल,नेपाल औषधी व्यवासायी संघ गण्डकीका संस्थापक अध्यक्ष कृष्ण पाण्डे,नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष केशरी तिवारी,नेपाल औषधी व्ववसायी संघ गण्डकीका कार्यसमिति सदस्य मिलन श्रेष्ठ लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा वक्ताहरुले व्यवसायीहरुको समस्या समाधानको लागि एकजुट भएर अघि बढ्नु पर्ने कुरामा जोड दिदै औषधी  व्यवसायमा भएको विकृतीलाई हटाउँदै कटिबद्ध भएर जनाताको सेवामा लाग्न व्यवसायीहरुलाई सुझाव दिएका थिए ।

नेपाल औषधी ब्यवसायी संघ स्याङजाका अध्यक्ष रंगनाथ रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन संघका महासचिव डा.बसन्त पगेनीले गरेका थिए ।

 

 

Exit mobile version