काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अमेरिकी अर्थतन्त्रको वृद्धिदर सुस्त देखिएपछि अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य उच्च दरले बढेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि मूल्य प्रतितोला १९१५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन १८८५ रुपैयाँ थियो ।