नयाँलिपि ।
पोखरा ।
आज बिहीबार एकै दिनमा सुनको भाउ तोलामा ह्वात्तै बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । एकै दिन २० हजार ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । आजको मूल्य वृद्धिसँगै १० ग्राम सुनको भाउ २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५ सय ५ रुपैयाँ र १० ग्रामको ६ हजार ४ सय ३४ रुपैयाँ कायम भएको संघले जनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च हो ।
