नवआदर्श सामुदायिक विकास समाजमा : भण्डारी

पोखरा । नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् ।

संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो ।

कार्यसमिति प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल छन् ।

सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल चयन भए । रिक्त ४ सदस्यीय कार्यसमितिको बैठकले मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष भण्डारीले जानकारी दिए ।

विष्णुप्रसाद शर्मा निर्वाचन अधिकृत रहेको निर्वाचन समिति सदस्यमा होमबहादुर बानियाँ र रामचन्द्र आचार्य सदस्य थिए ।

अधिवेशन उद्घाटन गर्दै पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले नवआदर्श सामुदायिक विकास समाजले सामाजिक क्षेत्रमा गरेको योगदान उदाहरणीय रहेको बताए । यस्तै, पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संस्थाका मानार्थ सदस्य बाबुराम आचार्य, पूर्व अध्यक्ष रेश्मा अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा तीज महोत्सव संरक्षण कोषका दातालाई सम्मान गरिएको संयोजक नवीन भण्डारीले बताए ।

संस्थाका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष दिनेश भण्डारी र संचालन सचिव हरिबहादुर थापाले गरेका थिए ।

पोखरा लामाचौरस्थित नवआदर्श सामुदायिकले बर्सेनि तीज महोत्सवलगायत विविध कार्यक्रम गर्दै आएको छ । संस्थाले एम्बुलेन्स, शवबाहनसमेत संचालन गरेको छ । गोस्तेघाट खेल मैदान बनाएको संस्थाले खेलकुद, शिक्षा, स्वास्थ्य, लोक तथा कलासंस्कृतिको जगेर्नालगायतमा कार्य गर्दै आएको छ ।

Exit mobile version