आज पृथ्वी जयन्ती, शालिकमा राष्ट्रपतिको माल्यार्पण

नयाँलिपिः राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले शनिवार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको हो ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।

Exit mobile version