औद्योगिक उद्यमीको नेतृत्वमा चुनिए रुद्रलाल

नयाँलिपिः पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, पोखराका अध्यक्षमा पुनः रुद्रलाल श्रेष्ठ चयन भएका छन् ।

संघको शुक्रबार भएको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन मार्फत श्रेष्ठ चयन भएका हुन् । श्रेष्ठको हिल्टन रड आइरन एण्ड इन्जिनियरिङ कम्पनी रहेको छ ।
संघको प्रथम उपाध्यक्षमा दिपेन्द्रराज बस्ताकोटी, द्वितीय उपाध्यक्षमा सुरेन्द्रबहादुर गोदार, महासचिवमा फणिन्द्रराज शर्मा, सचिवमा शंकरप्रसाद अधिकारी र कोषाध्यक्षमा बलराम बराल चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा सूर्यनारायण लामिछाने, आश्विन कार्की, कृष्ण बस्याल, शिवा सिग्देल, दिपक भण्डारी, अन्जना शर्मा र बद्रिनाथ पोखरेल रहेका छन् ।

चयनपश्चात् अध्यक्ष श्रेष्ठले व्यावसायिक हितमा काम गर्नै बताउँदै व्यवस्थापनसँग उद्यमीका पुराना माग र विवाद सल्टाउनेतर्फ लाग्ने बताएका छन् ।

Exit mobile version