नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा

काठमाडौ  नक्कली ईन्स्पेक्टर बनि ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई शनिबार थापा चोकबाटै पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाण्डुको कागेश्वरी मनहरा नगरपालिका–७ थापाचोकका ३८ वर्षीय सुदीप थापा र सप्तरीको कडक नगरपालिका–१० का ४४ वर्षीय किशोरकुमार चौधरी रहेका छन् ।

विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क रहेको भनी प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि क्यानडा, अष्ट्रेलिया लगायतका देशमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठगीमा संलग्न थापा र प्रहरी निरीक्षकको परिचय पत्र कीर्ते गर्ने कार्यमा संलग्न काठमाण्डु महानगरपालिका–३२ कोटेश्वरस्थित मार्शल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पक्राउ गरी ठगी तथा लिखत सम्बन्धी कसूर (कीर्ते) मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डु भद्रकाली पठाएको छ ।

Exit mobile version