काठमाडौं । आज भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली महिला यू–१६ टीमको लज्जास्पद हार भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा नेपाललाई भुटानले ५–१ को फराकिलो गोलअन्तरले हराएको हो ।
खेलको ८५ औं मिनेटमा नेपालका लागि सब्स्टीच्यूट खेलाडी सविना तामाङले हेड मार्फत गोल गर्दै नेपाललाई सान्त्वना दिलाएकी थिइन् । मैत्रीपूर्ण फुटबल खेल्न भुटानको महिला यू–१९ र यू–१६ गरी दुई उमेर समुहका टोली नेपाल आएका छन् ।