विद्यार्थीलाई तालिमको नाममा झुक्याई ठगी गर्ने प्रदिप प्रहरीको फन्दामा

santan ads

नयाँलिपिः काठमाण्डौमा रहेको इशा हेल्पलाइन केयर गिभिङ ट्रेनिङ् एण्ड रिसर्च सेन्टरको नाममा विद्यार्थी ठगी गर्ने चितवनका प्रदिप सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुवेदीले चितवनमा रहेको जिडी मल्टी टेक्निकल कलेज प्रालिलाई इशा हेल्पलाइनको शाखा भन्दै ठगी गरेको चितवन प्रहरीले जनाएको छ । सुवेदीले काठमाण्डौंको इशा हेल्पलाइन र जिडी मल्टिपल एउटै हो भनि विद्यार्थीलाई झुक्याइ लाभ लिएको प्रहरीको भनाई छ ।

बागलुङ गलकोट १० का सुवेदीलाई प्रहरीले भरतपुर नगरपालिकाबाट पक्राउ गरी चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेका चितवन प्रहरीका प्रहरी नायब उपरीक्षक भेषराज अधिकारीले जानकारी दिएका छन् ।

Facebook0
Scroll to Top