नयाँलिपि, यही २८ गते हुने नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश निर्वाचनमा सत्तापक्ष र विपक्षको गठबन्धन भएको छ ।
सरकारमा रहेका ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा रहेका प्रेस चौतारी र प्रेस युनियनले अध्यक्षमा साझा उम्मेदवार रमेश पौडेललाई चुनावमा उठाएका छन् भने विपक्षी गठबन्धनबाट नेकपा समाजवादीका गोविन्द सुवेदीलाई समर्थन गरिएको छ ।
सुवेदीको समर्थनमा माओवादीको प्रेस सेन्टर लगायतको समर्थन रहेको छ । सत्तापक्षले केन्द्रदेखि जिल्ला तहसम्म गठबन्धन गरेको छ भने सोही ढाँचामा विपक्षी दल घटकको संयुक्त प्यानल रहेको छ ।
प्रदेश उपाध्यक्षमा घनश्याम पाण्डे, प्रकाश पौडेल, यदुनाथ बञ्जारा, महिला उपाध्यक्षमा कमला खत्री केसी र मायाकुमारी अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।
महासचिवमा जमुना वर्षा शर्मा र दीपक परियार, सचिवमा ताराप्रसाद शर्मा र भविश्वर पाण्डे, सचिव समावेशीमा रामबहादुर घले परियार र रोशनी गुरुङ, कोषाध्यक्षमा अग्निधर लुइँटेल, रमेश बस्ताकोटी र सागरराज तिमिल्सिनाको मनोनयन दर्ता गराएका छन् ।
पाँच सदस्य पदकालागि बिजय नेपाल, श्रीकृष्ण सिग्देल, गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, राजेश पराजुली, रोशन लामिछाने र शेखर थापाले उम्मेदवारी दिएका छन् ।
३ सदस्य महिलातर्फ ज्योति हमाल, रञ्जिता शर्मा, लक्ष्मी सुनार र सपना अधिकारीको मनोनयन दर्ता भएको छ । १ सदस्य दलितमा अमीतकुमार विश्वकर्मा र विजय नेपाली, २ सदस्य आदिवासी जनजातितर्फ तिलकप्रसाद पुन, पदम श्रेष्ठ र मञ्जुल शाक्यले मनोनयन दिएका छन् । अल्पसंख्यकमा सुन्दरकुमार थकालीको मात्र मनोनयन परेको छ ।
मतदान २८ गते शुक्रबार प्रदेश कार्यालय मुस्ताङचोकमा हुनेछ ।