पोखराः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आजदेखि पर्सामा बयान हुने भएको छ ।
पर्साको वीरगञ्जस्थित सानो पाइला सहकारी संस्थाको रकम गोरखा मिडियामा अपचलन गरेको आरोपमा बयान लिन रविलाई हवाइ मार्ग हुँदै पोखराबाट काठमाडौं हुँदै सोमबार पर्सा लगिएको हो ।
पर्सास्थित जिल्ला सरकारी वकिलको कार्यालयले आज रविसँग औपचारिक बयान लिन लागेको हो । यस अघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका थिए ।
चितवन, रुपन्देही र काठमाडौं स्थित सरकारी वकिल कार्यालयमा रविको बयान लिने काम सम्पन्न भइसकेको छ । उनी माथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने यस अघि नै पर्सा लगेर बयान लिइसकेको छ ।