म्याग्दी । म्याग्दी मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघको तेश्राे साधारण सभा तथा दाेश्राे अधिवेशनले अर्जुन आचार्यलाई अध्यक्षमा चयन गरेको छ ।
संघकाे उपाध्यक्षमा विनोद सुवेदी, सचिवमा ईश्वर आचार्य र कोषाध्यक्षमा रामकृष्ण सुवेदी चयन भएका छन् ।
सदस्यहरुमा नवराज सुवेदी, पुरुषेत्तम शर्मा, नन्दकली सापकोटा, बेल बहादुर के.सी, रुद्र चोखाल, ओसिन श्रेष्ठ, कृष्ण श्रेष्ठ, भीमकुमारी बस्नेत सापकोटा, टुंगनाथ कँडेल, सञ्जय पुन, दीपक खड्का र नारायण पौडेल रहेका छन ।
कार्यक्रममा मोबाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी अध्यक्ष उदय बहादुर के.सी(लाहुरे दाई) ले करिब १ लाख युवालाई रोजगार प्रदान गरेको यस व्यबसायलाई सरकारले सहयोग गर्न पर्ने कुरामा जोड दिए ।सो कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भरत भट्टराई लगायतले मन्तव्य राखेका थिए ।