Skip to content
Home » ५० लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा तनहुँका श्रेष्ठ जेल चलान

५० लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा तनहुँका श्रेष्ठ जेल चलान

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. १० का ५६ वर्षीय शंकर नारायण श्रेष्ठ छन् । कास्की प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो ।

उनीसँग कास्की जिल्ला अदालतले ५० लाख धरौटी माग गरेको थियो । सो रकम बुझाउन नसकेपछि कारागार चलान भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

प्राइम सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो मागदाबीसहित जिल्ला सहकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version